शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • कार्यकर्ताले नेता छान्ने विधि लागू गर्नुपर्छ : जनार्दन शर्मा
समाचार

कार्यकर्ताले नेता छान्ने विधि लागू गर्नुपर्छ : जनार्दन शर्मा

काठमाडौं।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताएका छन्। नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गरिनुपर्ने बताए।

विज्ञापन

माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले संगठनका हरेक तहमा युवाहरूले आफ्नो नेतृत्व आफै छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताए। ‘युवाहरू अघि बढ्नुस्, आफ्नो नेता तपाई आफै चुन्नुस्,’ उनले भने, ‘माथिबाट तोकिदिएको नेताले भन्दा चुनिएर आएको नेताले संगठन बनाउँछ, पार्टी बनाउँछ।’

विज्ञापन

उनले पार्टीको नीतिबमोजिम विद्यार्थी संगठनमा समेत ३५ प्रतिशत संख्यामा महिला नेतृत्व चुन्न आग्रह गरे। शर्माले प्रतिस्थापन विधेयकमार्फत सरकारले देशका हरेक वडाहरूमा ‘लेडिज फष्ट’ (अर्थात् महिला पहिला) कार्यक्रम ल्याएको उल्लेख गर्दै यसको मर्मबमोजिम हरेक निकायमा महिलालाई नेतृत्वदायी तहमा जिम्मेवारी दिन आग्रह गरे।

यस्तै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको जानकारी दिँदै मन्त्री शर्माले अब हरेक विद्यार्थी स्वरोजगार हुँदै जानुपर्ने र हरेक विद्यार्थी कुनै न कुनै उत्पादनमूलक काममा समेत जोडिनुपर्ने बताए। विद्यार्थी संगठनको नेता नियमित रूपमा अध्ययनरत विद्यार्थी नै हुनुपर्ने भन्दै शर्माले शैक्षिक संस्थाबाट पास आउट भइसकेको व्यक्तिले पुस्तान्तरण गरी आफ्नो उत्तराधिकारी जन्माउँदै जानुपर्ने बताए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस