शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : भीम रावल
समाचार

सरकार विस्तार गर्न नसक्नेले राजीनामा दिनुपर्छ : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दुई महिना बितिसक्दा पनि सरकार विस्तार नहुनु दुःखद भएको बताएका छन्।

एमाले विभाजनपछि पहिलो पटक गृह जिल्ला अछाम आएका रावलले सदरमुकाम मंगलसेनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै लोकतन्त्र, विधिको शासन, अग्रगमन भन्दै वकालत गरेर सरकारमा गएकाहरू देश र जनताप्रति उदासीन भएको आरोप लगाए।

विज्ञापन

‘दुई महिनादेखि सरकार विस्तार भएको छैन। सत्ता साझेदार दलहरू बढी कमिसन आउने मन्त्रालय ताकेर बसेका छन्। यो जनताप्रतिको चरम उदासीनता हो’, नेता रावलले भने।

विज्ञापन

उनले नेपालमा प्रजातन्त्रको स्थापना तथा बजेट जारी गर्ने प्रक्रिया सुरु भएदेखि हालसम्म नभएको घटना घटेको बताए। बजेट संसदबाट पारित हुन नसकेर सरकारले खर्च गर्न नपाउने अवस्था आएकोप्रति उनले खेद व्यक्त गरे।

नेता रावलले आफूले जहिले पनि निःस्वार्थ रूपमा देश र जनताको भलाई, पार्टीको हित तथा राष्ट्रियताको पक्षमा आवाज उठाइरहेको प्रस्टोक्ति दिए। उनले पार्टी फुटको पीडा सिंगो देश र एमालेले नराम्रोसँग भोगिसकेकाले विभाजन कसैको हितमा नभएको बताए।

आफूले विषय र गुणदोषका आधारमा बोल्ने गरेको बताउँदै उनले राष्ट्रियता, स्वाधीनता र अखण्डता पार्टी भन्दामाथि रहने रावलले बताए।

आफूले वर्षौँदेखि माया गरेका र भरोसा गरेको एमालेको पंक्ति एमालेमै रहेको भन्दै पार्टी त्यागेकाहरूलाई समयले नै जवाफ दिने बताए।

एमाले जिल्ला उपाध्यक्ष नन्दसिंह कडायको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भरत साउँद, बम बिसी, कृष्ण प्रसाद जैसी, अछाम क्षेत्र नम्बर २ का सांसद तथा पार्टी सचिव यज्ञ बोगटी, अनेरास्ववियु केन्द्रीय सदस्य डम्बर बिसी, एमाले जिल्ला सचिवालय सदस्य सरिता उपाध्यायलगायतले बोलेका थिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस