शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमै फर्किए नेकपा (एस)मा लागेका प्रभावशाली नेता ,माधव नेपाललाई झट्का
समाचार

एमालेमै फर्किए नेकपा (एस)मा लागेका प्रभावशाली नेता ,माधव नेपाललाई झट्का

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका नेता एवं संविधानसभा सदस्य धनबहादुर रायमाझी एमालेमै फर्किएका छन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका रायमाझी अहिले भने नेकपा एमालेमै फर्किएका हुन् ।

नयाँ दल बनेपछि संगठन निर्माणमा लागेका रायमाझी फेरि एमालेमा फर्किएपछि एकीकृत समाजवादी तरंगित बनेको छ । नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई एकीकृत समाजवादीले अङ्गीकार गर्नुपर्ने अडान उनले लिएको बताइएको छ ।

विज्ञापन

समाजवादीको संगठन निर्माणमा खटिएका रायमाझी एकाएक एमालेमा फर्केपछि समाजवादीका नेताहरू आश्चर्यमा परेका छन् । उनले जबजकै कारण एमालेमा फर्किने निर्णय गरेको बताइएको छ ।

विज्ञापन

एकीकृत समाजवादीले जबज त्यागेको भन्दै पछिल्लो समय आलोचना हुन थालेको छ । एमालेबाट गएका कतिपय नेताहरूले जबज नभए आफूहरूले साथ् दिन नसकिने बताउन थालेका छन् ।

एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वलगायतको टोली अहिले समाजवादीमा गएका नेता कार्यकर्ताहरू फर्काउने अभियानमा लागेका छन् । यहि अभियानले नेता रायमाझीलाई एमालेमा फर्काउन लबिङ गरिरहेको थियो । नेता तथा कार्यकर्ता टोलीको भेटमा नेता रायमाझीले नेकपा जबज छोड्न नसकिने बताएका थिए ।

नेता रायमाझीले २०५९ देखि २०६५ सम्म एमाले प्यूठानको तत्कालीन पार्टी सचिवको रूपमा नेतृत्व गरेका थिए । उनी अहिले एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस