शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘सुकुम्बासीका नाममा धेरै आयोग बने, अब हामी समाधान गर्छौँ’
समाचार

‘सुकुम्बासीका नाममा धेरै आयोग बने, अब हामी समाधान गर्छौँ’

कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराएका छन्।

विज्ञापन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए।

विज्ञापन

उनले सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकोले आफ्नो नेतृत्वको टिमले ती समस्या हटाउने प्रयत्न गर्ने बताएका छन्।

‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन, र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ’, उनले भने, ‘सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलता थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौँ।’

सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति थियो।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस