शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरपालिका-२५ मा अख्तियारको छापा,आर्थिक हिनामिना गरेको आरोप
समाचार

भरतपुर महानगरपालिका-२५ मा अख्तियारको छापा,आर्थिक हिनामिना गरेको आरोप

चितवन।

भरतपुर महानगरपालिका–२५ नम्वर वडा कार्यालयमा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले वडा कार्यालयमा छापा मारेको हो ।

विज्ञापन

वडामा अनियमितता भएको भन्दै वडा बिरुद्ध परेको उजुरीका आधारमाअख्तियारले छानविन गरी आवश्यक कागजात संकलन गरेको अख्तियार कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए । वडाध्यक्ष विजयकुमार भुजेल विरुद्ध विभिन्न काममा भ्रष्टाचार गरेको उजुरी परेको छ । विभिन्न शिर्षकमा ५÷७ वटा उजुरी परेको अख्तियार कार्यालयले जानकारी दिएको छ ।

विज्ञापन

वडा कार्यालयबाट गलत सिफरिस दिएको, व्यक्तिगत प्रलोभनमा परी काम गरेको, विकास आयोजनामा हिनामिना गरेको, एउटै काममा दोहोरो भुक्तानी लिएको लगायतको आरोप लगाइएको छ । वडाध्यक्ष भुजेल यसअघि आर्थिक लाभ लिएर अंशवण्डा गरिदएको आरोपमा विवादमा तानिएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस