शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • माधवसहित १४ सांसदलाई पदमुक्त नगरेसम्म एमालेले संसद चल्न नदिने
समाचार

माधवसहित १४ सांसदलाई पदमुक्त नगरेसम्म एमालेले संसद चल्न नदिने

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरेको कारबाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेसम्म संसद चल्न नदिने अडान लिएको छ।

सभामुख सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै एमालले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ।

विज्ञापन

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने अडान लिएको छ।

विज्ञापन

यदि सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सर्तसहित मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको हो।

एमालेले नेकपा एकीकृत समाजवमादीका अध्यक्ष बनिसकेका नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि सभामुखले अल्झाइदिएका थिए।

सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको कुरा एमालेले बताउँदै आएको छ।

‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘दुई सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहनेछ।’

उनका अनुसार सर्वदलीय बैठकमा दलहरूले दिएको सुझावलाई पनि सभामुख सापकोटाले स्वीकार गरेका छैनन्।

‘हिजो सर्वदलीय बैठकमा दलहरूले दिएको सुझाव पनि उहाँले स्वीकार गर्नु भएको छैन, अहिलेसम्म एमालेसँग उहाँले संवाद बढाउनु भएको छैन्,’ भट्टराईले भने, ‘संवाद र छलफलबाट उहाँ भागिरहनु भएको छ, सभामुख भएर प्रतिपक्षीसँग पदीय जिम्मेवारी पूरा गर्नु भएको छैन।’

संवैधानिक र कानुनी रुपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने भट्टराईले बताएका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस