शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भीम रावलले भने : दश बुँदे कार्यान्वयन नहुने हो भने हामीले अर्कै सोच्नुपर्छ
समाचार

भीम रावलले भने : दश बुँदे कार्यान्वयन नहुने हो भने हामीले अर्कै सोच्नुपर्छ

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन नहुने भने आफूहरुले अब अर्कै सोच्नुपर्ने बताएका छन्।

दश बुँदे सहमति अनुसार पार्टीलाई २०७५ जेठ २ मा फर्काउन अध्यक्ष केपी शर्मा ओली तयार नभएको अवस्थामा फरक ढंगले सोच्ने अवस्था आउने कुरा रावलले आइतवार आफूनिकट नेताहरुसँग राखेका हुन्।

विज्ञापन

रावलले दश बुँदे कार्यान्वयन गरेर पार्टीलाई जेठ २ मा लगेपछि आफू सुदूरपश्चिम इन्चार्जमा पुन:स्थापित हुनुपर्ने अडान लिएका हुन्।

विज्ञापन

अध्यक्ष ओलीसँगआइतवार बालकोटमा भएको वार्तापछि उपाध्यक्ष रावलले १० बुँदे सहमतिमा समस्या देखिएको बताउँदै यदि त्यस्तो भएमा एमालेमा बसिरहन कठिन हुने कुरा पनि राखेका हुन्।

रावलले सुदूरपश्चिमबाट आफूनिकट नेताहरु भानुभक्त जोशी र झपट रावलसहितसँग छलफल गरेका थिए।

उनले छलफलका क्रममा दश बुँदै कुनै हालतमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै त्यसो हुन नसकेमा पार्टीमा फेरि समस्या आउने पनि उल्लेख गरेका छन्।

‘उहाँ (भीम रावल)ले १० बुँदे सहमतिकै काण कारण आफूहरु एमालेमा बसेको बताउनु भयो’, छलफलमा सहभागी एक नेताले भने, ‘बालकोटमा अध्यक्ष कमरेडसँग भएको छलफलबाट उहाँ सन्तुष्ट हुनुहुन्न। उहाँको जोड १० बुँदे अनुसार पार्टीको सबै संरचना जेठ २ अघिको अवस्थामा फर्किनुपर्छ भन्ने हो।’

छलफलका क्रममा रावलले एमाले एक दुईजनाको जोड बल र त्यागले नबनेको बताउँदै यसलाई बचाएर अघि बढाउन इमान्दारपूर्वक १० बुँदे कार्यान्वयनको विकल्प नरहेको पनि बताएका थिए।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले २०८८ पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुअघिसम्म रावल सुदूरपश्चिम संयोजकको भूमिका थिए। तर २०७५ जेठ २ अघि उनी एमाले उपाध्यक्ष र सुदूरपश्चिम इन्चार्जको भूमिका थिए।

अहिले उनले आफू २०७५ जेठ २ अघिको अवस्थामा इन्चार्ज कायम हुनुपर्ने बताएका हुन्। तर पुस ५ पछि नेकपामा देखिएको विवादका कारण अध्यक्ष ओली माओवादीबाट आएका लेखराज भट्टलाई इन्चार्ज बनाइदिएका थिए।

ओली अनिच्छुक
एमालेका अध्यक्ष ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन्। रावलले असन्तुष्टि जनाइरहँदा पनि ओलीले २ जेठअघिका इन्चार्जका रूपमा उनलाई जिम्मेवारी दिन तयार नभएका हुन्।

बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादीबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको थिय। त्यहाँ पनि ओलीले शाक्यलाई जिम्मेवारी दिन चाहेका छैनन्।

अन्य पाँचवटा प्रदेशमा २ जेठअघिको संरचनाअनुसार पार्टी संगठन सक्रिय भएको छ। सुदूरपश्चिम र बागमतीमा ओलीले पुरानै अवस्थामा नेतृत्व फर्काउन नसकिने बताएका छन्।

ओली १० बुँदे सहमतिअनुसार पार्टीका सबै संरचनालाई २ जेठ ०७५ अघिको अवस्थामा लैजान तयार भएपछि माधवतिर लागेका १० नेता एमालेमा फर्किउका थिए।

जेठ २ अघिको अवस्थामा फर्किएपछि आफू सुदूरपश्चिम इन्चार्ज हुनुपर्ने अडान राललले राखेका छन्। तर ओलीले रावललाई पार्टी उपाध्यक्षका रुपमा समन्वयकारी भूमिका खेल्न भनेका छन्।

जेठ २ अघिको अवस्थामा फर्काउन लाग्दा माओवादीबाट आएर एमालेमा आएका नेतालाई अन्याय हुने ओलीको अडान छ। ओलीले रावल र शाक्यलाई फकाएर अघि बढ्न अरु नेतालाई पनि भनेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस