शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुर महानगरमा जिल्लाकै पहिलो अत्याधुनिक आपतकालिन सेल्टर सञ्चालनमा
समाचार

भरतपुर महानगरमा जिल्लाकै पहिलो अत्याधुनिक आपतकालिन सेल्टर सञ्चालनमा

चितवन ।  भरतपुर महानगरले जिल्लामा नै पहिलो पटक अत्याधुनिक आपतकालिन आवास (ईमरजेन्सी सेल्टर ) सञ्चालनमा ल्याएको छ । बाढी तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर पश्चिम चितवनको भरतपुर २८ साझापुरमा सञ्चालन गरिएको हो ।

शिलन्यास भएको १८ महिनामा नै निर्माण सम्पन्न गरिएको जमिनबाट २ मिटर उचाईमा भुम्कपप्रतिरोधी एवंम् अपाङ्गमैत्री सेल्टरको एक औपचारिक कार्यक्रमका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गरेकी थिईन् ।

विज्ञापन

सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरसँग समन्वय गरेर निर्माण गरेको भवन मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहलाई आयोजनाका प्रमुख ई.प्रंकाश अर्यालले हस्तान्तरणसगैँ उद्धघाटन गरिएको हो ।

विज्ञापन

एक करोड ७२ लाख रुपैयाँ भ्याटबाहेकको रकममा निर्माण सम्पन्न २ तले भवनको पहिलो तलमा ठुलो हल र माथिल्लो तलमा अतिआवश्यक सामग्री स्टोर गर्ने कोठा र अफिस कोठा रहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

जहाँ ६ कठ्ठा ५ घुर जमिनमा २ सय २० वर्गमिटर क्षेत्रफल आगटेको भवनमा अत्याधुनिक अलग अलग महिला र पुरुष शौचालय समेत रहेको छ ।
भवनमा विपदको समय उद्धार गरि ल्याइएका पीडितहरुलाई राखिनुका साथै विपदको समय आवश्यक सामग्रीहरु स्टोर गर्ने व्यवस्था समेत रहेको अर्यालले स्पष्ट पारेका छन् । भवनमा एक पटकमा २ सय जना पीडितहरुलाई राख्न सक्ने क्षमता छ ।

बाढी प्रभावित क्षेत्रको रुपमा परिचित नारायणी र राप्ती नदी आसपास क्षेत्रलाई समेट्ने गरि साझापुरमा आपतकालिन सेल्टर निर्माण गरि सञ्चालन गर्न पाएको मेयर रेनु दाहाल भइरहँदा उक्त उत्साहित देखिएकी थिईन् । उनले सदैव स्थानिय सरकार भरतपुर महानगर गरिब विपन्न जनताको हितमा काम गर्दै आएको बताईन ।
“लामो कसरतले जनता माझा बोलेका कुरा पुरा भएको छ, उनले भनिन्–सधै बाढी प्रभावित हुने वडा नम्बर २७ र २८ सहित आसपासका जनतालाई यसले यो विपद्कै घडीको ठुलो राहत मिल्नेछ । ”

“मेयर रेनु मात्र होईन् साझापुरकै स्थानिय बुद्धि कडेँलले खुसी साट्दै भने–हामी त निकै खुसी सर्धै बाढी हैरान भईन्थ्यो, यहाँ हामी भन्दा पनि बोटे, मुसहर र जनजातिलाई अति समस्या थियो । म त ढुक्क हुने भयौँ ।”

यस्तै उपमेयर पार्वती शाहले बाढी लगायतका विभिन्न जोखिमपुर्ण विपदको लागि ठोस कार्यहरु गर्न भवन निकै उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
महानगरले पहिलो चरणमा सघन शहरी तथा भवन निर्माण आयोजनाको समन्वयमा निर्माण भएको सेल्टर महानगरको विपद् जोखिम रहेका अन्य ठाँउमा समेत निर्माण गर्ने प्रतिवद्धता जनाईन् । सौ उनले यसको सहि सदुपयोग गरेर अगाडी सुझाव दिईन् । मेयर रेनुले अतिआवश्यक सामग्री स्टोर गर्ने देखि ज्यान जोगाउन नै सेल्टरले अति महत्वपुर्ण भूमिका खेल्ने समेत बताईन् ।

भवन निर्माणले गर्दा अबका दिनमा जुनसुकै प्राकृतिक विपद्ती आउदा अन्यत्र वा विद्यालयमा राख्नुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गर्दै स्थानिय श्याम अधिकारी महानगरसगैँ जिल्लाकै सबै प्रभावित ठाँउमा यस्तै सेल्टर बनाएर जनतालाई सुरक्षित अनुभुति गराउन माग पनि गरे ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस