On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

मङ्लबार, बैशाख ११, २०८१
जोडिनुहो��
  • होमपेज
  • समाचार
  • यान्छीलाई फिर्ता बोलाएर खास पात्रलाई नेपाल पठाउने राष्ट्रपति सी को तयारी
समाचार

यान्छीलाई फिर्ता बोलाएर खास पात्रलाई नेपाल पठाउने राष्ट्रपति सी को तयारी

काठमाडौं । नेपालको कुटनीतिमा असफल भएको भन्दै चीनले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीलाई फिर्ता बोलाउने भएको छ । कार्यकाल सकिएपनि नेकपाको विवाद मिलाउन भनि एक वर्षदेखि प्रयत्न गरिरहेकी यान्छीलाई चीनले अब भने फिर्ता बोलाउने बहेको छ ।

एकातिर कोरोना महामारी र अर्कातिर नेकपा भित्र चर्किएको विवादका कारण बिचैमा बोलाउन उपयुक्त नठानेको चीनले भने नेपालका लागि अर्को राजदूत पर्हाउने तयारी गरेको छ । यान्छीलाई भने दक्षिण कोरिया पठाउने तयारी चिनिया कम्युनिस्ट पार्टीले थालेको छ ।

विज्ञापन

यान्छी राजदूतको रूपमा नेपाल आएको तीन वर्ष पुगेको छ । यसअघिका राजदूतहरूको दुई वर्षमै कार्यकाल सकिने गरेको थियो । राजदुत यान्छीलाई राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमण लगत्तै फिर्ता बोलाउने तयारी गरेपनि सो समय उपयुक्त नभएको भन्दै चिनिया कम्युनिस्ट पार्टीले केहि समय उनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

विज्ञापन

सत्तासिन दल नेकपाभित्रको विवादका बेला निकै खटिएर पनि कुटनीतिक रूपमा सफल नभएपनि चीनबाट थुप्रै टोलीहरू नेपाल आएर उनलाई सघाएका थिए । पछिल्ला गतिबिधिका कारण चीनले नेकपा एकता कायम रहन नसक्नुलै पनि राजदूत यान्छीको कार्यशैलीसँग जोड्ने गरेको छ। अहिले यान्छीको भूमिका नेपालमा कमजोर देखिएको विश्लेषण समेत चिनिया कम्युनिस्ट पार्टीले गरेको छ ।

यान्छीको दौडधुपले केही नेकपा विवाद समाधान हुने आशा गरिएपनि भारतीय भूमिकालाई कुटनीतिक रूपले परास्त गर्न नसकेको निष्कर्ष चीनले निकालेको स्रोतको दाबी छ । यान्छीको पछिल्लो दवावका कारण प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी उनीसंग रुष्ट बनेको कारण पनि यान्छीलाई काम गर्न नेपालमा अफ्ठ्यारो परेको महसुस चीनले गरेको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले राजदुत यान्छीलाई गर्ने ब्यवहारमा पनि पहिले जस्तो नभएको यान्छीले ब्रिफिङ गरिसकेकी छन् । नेकपा विवाद भईरहँदा यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा ठूलो दलको नेताका हैसियतमा र पहिलो नेताको रुपमा पनि पार्टी एकजुट बनाउन र विवाद मिलाउन आवश्यक परे प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक पद छोडेर भएपनि तयार हुनुपर्ने सन्देश दिएकी थिइन् । त्यसपछि राष्ट्रपति र प्रधानमन्त्री उनीसंग सन्तुष्ट छैनन् ।

कैयौं पटक बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न खोज्दा समय नै नदिएको र सल्लाहकारहरूलाई भेट्न लगाएको कारण पनि यान्छीले अपमानित भएको ब्रिफिङ गरेकी छन् । उनका लागि बालुवाटार या शित्तलनिवासमा अहिले सहज पहुँच छैन । अर्कातिर यान्छीकै दवावका कारण ओलीले भारतसंग हात बढाएको चर्चा छ ।

यान्छीको ठाउँमा भने चिनिया राष्ट्रपति सी आफैले उपयुक्त पात्र तयार गरेको र नेपाल पठाउने तयारी गरेको स्रोतको दाबी छ । भारतसंग निकट भएकैले पनि चीनले नेपाललाई खास दृष्टिले हेर्ने गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस