शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • उद्धारका लागि सयौँ सेना र प्रहरी मेलम्चीमा, हेलिकप्टर पनि परिचालन
समाचार

उद्धारका लागि सयौँ सेना र प्रहरी मेलम्चीमा, हेलिकप्टर पनि परिचालन

काठमाडौँ।  मंगलबार साँझदेखि बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्रमा सयौंको संख्यामा तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पुगेको छ । राति भएकाले हिजो उद्दार टोली र हेलिकप्टर पठाउन नसकिएको गृहमन्त्रालयले बताएको थियो ।

 

विज्ञापन

 

विज्ञापन

बुधबार बिहान तनसनहस पारेको क्षेत्रमा उद्दारको लागि हेलिकोप्टर पुगेको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताएका छन् । पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

 

 

निरन्तर वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिकाभर ७ जनाको मृत्यु भएको छ । ठुलो जनधनको क्षति भएको अनुमान गरिएको छ । बाढीका कारण मेलम्ची बजार वरपर सय वर्षभित्रका सबै संरचना ध्वस्त बहेको बताइएको छ ।

 

 

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा पनि कह्स्ती पुगेको बताइएको छ । १० वटा पक्कि पुल बगाएको छ भने कैयौँ घरहरू पनि बगाएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस