शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नारायणीको बाढीले गैडाकोटमा ४० घर डुबानमा , ३५ जनालाई सुरक्षित स्थानमा सारियो
समाचार

नारायणीको बाढीले गैडाकोटमा ४० घर डुबानमा , ३५ जनालाई सुरक्षित स्थानमा सारियो

चितवन । लगातारको वर्षाले नारायणीमा बढी आउदा नवलपुरको गैडाकोटमा ४० घर डुबानमा परेका छन । नदीमा बाढी आएपछि गैँडाकोट २ को बोटे टोल डुवानमा परेको हो ।डुबानमा परेका मध्ये ३५ जनालाई सुरक्षित स्थानमा सारिएको गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो ।

विज्ञापन

बोटे टोलमा रहेका करिव ३५ घरपरिवारलाई तत्कालका लागि अक्सफोर्ड कलेजमा सारिएको बताइएको छ ।
नवलपुरकै कावासोती १५ अमलटारी क्षेत्रमा रहेका रिसोर्टहरु डुबानमा परेका छन् । अविरल परेको पानीका कारण नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।अहिले नारायणी नदीको सतह ८ दशमलव ७९ मिटर रहेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ ।लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो । आगामी ३ दिन अझै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस