शुक्रबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • समाचार
  • चितवनमा निरन्तर वर्षा, नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह
समाचार

चितवनमा निरन्तर वर्षा, नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनको आग्रह

Renu Dahal

चितवन।चितवनमा निरन्तर वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्धारा जारी विज्ञप्तीमा नदी तटिय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘जल तथा मौषम विज्ञान विभागका अनुसार आगामी एक/दुई दिन अझैसम्म पनि पानी परिरहन सक्ने देखिएकाले नारायणी तथा राप्ती जस्ता ठूला नदी र अन्य स–साना खोलाहरुमा पानीको सतह बढ्न गई नदी/खोला आसपासका क्षेत्र प्रभावित हुन सक्ने तथा विभिन्न स्थानहरुमा पहिलो जान सक्ने आशंका हुँदा नदी कटान, डुबान, बाढी र पहिरोको उच्च जोखिम रहेका त्यस्ता स्थान÷बस्तीहरुमा उच्च आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछौँ ।’

विज्ञापन

 

विज्ञापन

चितवनमा नारायणी र नदीको बाढीले ठूलो क्षति पुग्ने गरेको छ । नारायणी नदीको बाढीबाट धेरैजसो भरतपुर महानगरपालिका–२६, २७ वडाका बासिन्दा बढी प्रभावित हुने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस