शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिलाई महाभियोग लगाउन पूर्वमहान्यायाधिवक्ताको सुझाव
समाचार

राष्ट्रपतिलाई महाभियोग लगाउन पूर्वमहान्यायाधिवक्ताको सुझाव

काठमाडौं । वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पाँच महिनामा दुई पटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान र राष्ट्रमाथि अपराध गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनबारे सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कानूनविदहरुसँगको छलफलमा श्रेष्ठले प्रधानमन्त्रीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर अदालतको अवहेलना पनि गरेको बताए ।

विज्ञापन

पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले भने, ‘पाँच महिनामा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेर प्रधानमन्त्रीले अपराध गर्नुभएको छ । त्यसमा राष्ट्रपतिले आफ्नो दायित्व भुलेर मतियारको भूमिका खेल्नुभएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्र्नुपर्छ ।’

विज्ञापन

पछिल्लो कदमलाई ‘प्रतिगमन २’ को संज्ञा दिँदै उनले अब मुलुक फिजीकरणको दिशामा गएको पनि बताए ।

प्रतिनिधिसभा पुनर्स्थापित नभएमा जटिल अवस्था आउने भन्दै श्रेष्ठले भने, ‘सभामुखको सक्रियता अझ पुगिरहेको छैन । जसरी संविधानविपरीत काम गरेकी राष्ट्रपतिलाई सधैँ कलंकित बनाउन महाभियोग आवश्यक छ, त्यसरी नै त्यो समयको सभामुखले यसरी संसद् जोगाउने भूमिका खेलेका थिए भनेर देखाउन अझ बढी क्रियाशीलता आवश्यक छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस