शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनका अस्पतालमा घट्न थाले कोरोनाका बिरामी,भर्ना हुनेभन्दा डिस्चार्ज हुने बढे
समाचार

चितवनका अस्पतालमा घट्न थाले कोरोनाका बिरामी,भर्ना हुनेभन्दा डिस्चार्ज हुने बढे

चितवन ।चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या घट्दै गएको देखिएको छ । कोरोना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स भरतपुर र बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कोरोना संक्रमित बिरामीको संख्यामा कमी आएको छ ।

एक साताअघिसम्म यहाँका विभिन्न अस्पतालमा ५०२ जना कोरोना संक्रमितले उपचार गराउँदै आएकोमा अहिले सो संख्या घटेर ४०६ जना पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा १०२, चितवन मेडिकल कलेजमा ११२, कलेज अफ मेडिकल साइन्सेन्समा ७५, क्यान्सर अस्पताल भरतपुरमा ४४, अन्य निजी अस्पतालमा ३१ र विभिन्न सार्वजनिक आइसोलेसन सेन्टरमा २५ जनाले उपचार गराइरहेका छन् ।

विज्ञापन

अस्पतालहरुमा बिरामी भर्ना हुने दरभन्दा डिस्चार्ज हुने क्रम बढ्दै गएको छ । संक्रमित बिरामीको संख्यामा कमी आउन थालेपछि यहाँका अस्पतालहरूलाई उपचार व्यवस्थापनमा पनि केही सहजता हुँदै गएको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस