शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • आईसीयू थप्न चितवनको भरतपुर र रत्ननगर अस्पताललाई सरकारको पाँच करोड बढी सहयोग
समाचार

आईसीयू थप्न चितवनको भरतपुर र रत्ननगर अस्पताललाई सरकारको पाँच करोड बढी सहयोग

चितवन ।चितवनको भरतपुर र रत्ननगर अस्पतालले थप आईसीयू र भेन्टिलेटर बनाउन पाँच करोड बढी सरकारको सहयोग प्राप्त गरेका छन् ।
सरकारले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने विशेष उपकरणका लागि अस्पतालहरुमा पनि बजेट पठाउन थालेको हो । कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न चितवनका दुईसहित अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई एक अर्ब ४१ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ ।

जसमा पिडियाट्रिक आईसीयूर्फ रत्ननगर अस्पताल तीन करोड रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुरुप अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि बजेट सुनिश्चित गर्दै आएको मन्त्रालयले आज स्पष्ट गरेको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस