शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ खानेकुरा
समाचार

यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउने ५ खानेकुरा

एजेन्सी। विश्वभर फैलिएको कोरोना संक्रमणबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ। रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ। रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिलै लड्न सक्छ। हाम्रो भान्सामा सजिलै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ।

च्याउ
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन्। यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ।

विज्ञापन

पुदीना

विज्ञापन

यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ। यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

नरिवलको तेल

खाना बनाउनका लागि प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ। नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ।

पालक

पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ। यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ । पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ।

ब्रोकाउली

ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा भिटामिन, एन्टि अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस