शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही अघि बढोस् : डा. आचार्य
समाचार

राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरे, तत्काल कारबाही अघि बढोस् : डा. आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिने क्रममा हिजो प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले पूनः प्रतिज्ञा गर्छु भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले त्यो पर्दैन भनेको विषयमाथि गम्भीर टिप्पणी गरेका छन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको, लोकको कुनै आदर र कदर बाँकी नरहेको पनि बताएका छन् । सपथग्रहण गर्दाको सानो भिडिओ क्लिपसमेत सेयर गर्दै डा. आचार्यले भनेका छन्-“धिक्कार छ !…. अब पदको, संविधानको, लोकको कुनै आदर र कदर बाँकी रहेन। संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेका छन। तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरि कारवाही अघि बढोस् ।”

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस