शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीको अगाडी आत्मसमर्पण नगर्न झाँक्रीको चेतावनी
समाचार

ओलीको अगाडी आत्मसमर्पण नगर्न झाँक्रीको चेतावनी

काठमाडौं–नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आत्मसमर्पण नगर्न नेतृत्वलाई चेतावनी दिएकी छन् । उनले जनता, लोकतन्त्र र संविधान रक्षाका लागि एकमात्र विकल्प विद्रोह नै भएको बताएकी छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेकै बेला झाँक्रीले यस्तो बताएकी हुन्।

विज्ञापन

‘ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न,’ झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,‘आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा यो सब हुँदैछ। ठोस प्रस्तावबिनाको संवादको अर्थ छैन।’

विज्ञापन

नेृत झाँक्रीले एकमात्र विकल्प विद्रोह रहेको भन्दै आत्मसमर्पण नगर्न नेतृत्वलाई चेतावनीसमेत दिइएकी छिन्।

’ उनले भनेकी छिन्, ‘हाम्रो अगाडि एकमात्र विकल्प हो विद्रोह, हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौं।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस