शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • राशिफल : २०७८ वैशाख ३१ गते शुक्रबार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
पत्रपत्रिका

राशिफल : २०७८ वैशाख ३१ गते शुक्रबार निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख ३१ गते शुक्रबार तदनुसार ई. सं. २०२१ मई १४ तारिख, राक्षस नामक संवत्सर, शाके, १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं, ११४१, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:३५ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०६:४४ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, वैशाख शुक्लपक्षको तृतीया तिथि, (अहोरात्र व्याप्त), मृगशिरा नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा बृष राशिमा, साँझ ०५:४२ बजेसम्म, त्यसपछि मिथुन राशिमा, सुकर्मा योग, मध्यरात्रीपछि १२:३० बजेसम्म, त्यसपछि धृति योग, तैतिल करण, दिउँसो ०४:५२ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, कालराहु : आग्नेय,

 

विज्ञापन

आज : श्री परशुराम जयन्ती, अक्षय तृतीया, धर्मघटादि दान, त्रेता युगादि, शिव पार्वती विवाह महोत्सव, वैशाख मसान्त, लुभु ललितपुरमा श्री महालक्ष्मी यात्रा, भैरव यात्रा, श्री बद्रीकेदार यात्रा प्रारम्भ (उत्तराखण्ड), आजको मूहुर्त : अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), पसल थाप्ने, शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, पुराणश्रवण, दीक्षाग्रहण,

विज्ञापन

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण– ०१ गते : ज्येष्ठ सङ्क्रान्ति, ललितपुरमा मत्स्येन्द्रनाथ रथयात्रा प्रारम्भ, भद्रा सुरु साँझ ०६:१६ बजे, मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), ०२ गते : आद्य जगद्गुरु श्री शङ्कराचार्य र जगद्गुरु श्री रामानुजाचार्यको जन्मोत्सव (जयन्ती), भद्रा समापन बिहान ०६:५२ बजे, ०३ गते : मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), चूडाकर्म(छेवर), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, द्रव्यप्रयोग वा लगानी,

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)

विशेष गरी हाइड्रोपावर, पानी तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरूप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग छ । दाजुभाइबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)

परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)

खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरमा पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)

सेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । पुराना तथा थाँती रहेका काम सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्य धन सङ्ग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिन्छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दिदीबहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग छ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । सुख दुःखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
पढाइ लेखाइमा ध्यान जानेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोराछोरीको कामदेखि प्रशन्न हुने समय छ । सेयर बजारमा लगानी गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना छ । समुदायको हितको काम गरी समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोत फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्य धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
माया प्रेममा सामीप्यता बढ्नेछ भने पतीपत्नीबीचको सम्बन्धमा प्रगाढता बढेर जानेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)

आत्मीय मित्र तथा जीवनसाथीको सहयोग पाइनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । गाएन पेसा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस