शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ठाकुर र महतोको पक्षमा जसपाका १२ सांसद मात्रै
समाचार

ठाकुर र महतोको पक्षमा जसपाका १२ सांसद मात्रै

काठमाडौं- जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोको पक्षमा १२ जना मात्र सांसद देखिएका छन् ।
देउवा निवासमा लामो छलफल गरेर निस्किएका ठाकुरले पार्टी कार्यालयमा बोलाएर एकाएक १२ जना सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेको एक नेताले बताए ।

बबरमहलस्थित कार्यालयमा छलफलका लागि सांसदलाई एकाएक रिसोर्टमा लागेका थिए । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट सिधै भक्तपुरको एक रिसोर्टमा सांसदहरूलाई लागिएको ति नेताले बताए ।

विज्ञापन

स्रोतका अनुसार १२ जना सांसदहरूलाई रिसोर्टमा लागिएको छ । आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्ने ठाकुर र महतोले जम्मा १२ सांसद लिएर रिसोर्ट पुगेका छन् ।

विज्ञापन

रिसोर्टमा के को लागि लागिएको हो खुलेको छैन । वैकल्पिक सरकार बनाउन राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा सांसदहरूलाई एकाएक रिसोर्टमा लैजानुलाई अर्थपूर्ण मानिएको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस