शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • नेपाल समूहका २० सांसदद्वारा राजीनामाको तयारी
समाचार

नेपाल समूहका २० सांसदद्वारा राजीनामाको तयारी

काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिने तयारीमा लागेका छन्। पूर्वप्रधानमन्त्री नेपालसहित २० प्रत्यक्ष निर्वाचित नेकपा एमाले सांसद राजीनामा दिनको लागि तयारी अवस्थामा रहेका छन्। सम्भवत उनीहरुले भोलिसम्म राजीनामा दिनेछन्।

राजीनामा दिन तयार भएकामा नेपालका झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडालगायत छन्। ओलीविरोधी गठबन्धनसँग मिल्न लागेपछि नेपालले आफू पक्षका सांसदहरुलाई राजीनामाका लागि तयार हुन भनेका छन्। नेपालले आजै ओलीविरोधी गठबन्धनका नेताहरुलाई भेटी सहमति गर्ने बुझिएको छ।

विज्ञापन

नेपालले बहुमतको गठबन्धनको सुनिश्चितताका लागि आफूसहित २० प्रत्यक्ष निर्वाचित सांसदको राजीनामाका लागि शर्तहरु अगाडि सारिसकेका छन्। स्रोतका अनुसार नेपालले ओलीविरोधी गठबन्धनका नेताहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी सरकारमा कम्तिमा ६ महिना प्रधानमन्त्री बन्न पाउनुपर्ने शर्त राखेका छन्। त्यसो नभए विकल्पमा गठबन्धनका दुईजना नेताबीच आलोपालोको लिखित सहमति हुनुपर्ने उनको शर्त रहेको छ।

विज्ञापन

माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितताको शर्तलाई पनि प्राथमिकतामा राखेका छन्। मंसिरभित्र उपनिर्वाचन गर्ने र त्यसमा गठबन्धनको साझा उम्मेदवार राजीनामा दिने २० सांसद नै हुनुपर्ने उनको शर्त छ।

त्यसमा गठबन्धनका नेताहरु सकारात्मक भएको बुझिएको छ। अर्को विकल्पमा देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो। नभए चुनावी सरकारको नेतृत्व देउवाबाहेक गठबन्धन दलका कुनै नेता प्रधानमन्त्री हुनेगरी शर्त सारेका छन्।

संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएकै दिन सोमबार साँझ राष्ट्रपतिले गठबन्धन सरकार बनाउन आव्हान गरिन्। लगत्तै भावी गठबन्धनलाई लिएर राजनीतिक पार्टीहरुबीच दौडधुप र जोडघटाउमा लागेका छन्।

संविधानको धारा (७६) (२) राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आहृवान गरेसँगै दलहरु आन्तरिक र बहुपक्षीय संवादमा छन्।

नेपाल-खनाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदहरु

१. झलनाथ खनाल, इलाम १

२. माधवकुमार नेपाल, काठमाडौं २

३. योगेश भट्टराई, ताप्लेजुङ

४. जयकुमार राई,सुनसरी १

५. भवानी खापुङ,तेह्रथुम

६. यज्ञराज सुनुवार, ओखलढुंगा

७. गणेश पहाडी, सिन्धुली १

८. पवित्रा निरौला खरेल, झापा २

९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०.नारायण खतिवडा, नुवाकोट १

११. विरोध खतिवडा,मकवानपुर २

१२. सुरेन्द्र पाण्डे,चितवन १

१३. घनश्याम भुसाल,रुपन्देही ३

१४. गोकर्ण विष्ट,गुल्मी १

१५. मेटमणी चौधरी,दाङ १

१६. झपट रावल, कैलाली २

१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८. भीम रावल, अछाम १

१९. कृष्णलाल महर्जन, ललितपुर २

२०. सोमप्रसाद पाण्डे, पाल्पा २

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस