शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओलीलाई नेपालको चेतावनी : गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत आयोगहरूमा पदपूर्ति नगरियोस्
समाचार

ओलीलाई नेपालको चेतावनी : गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत आयोगहरूमा पदपूर्ति नगरियोस्

नेकपा एमाले नेता माधवकुमार नेपालले गलत बाटो प्रयोग गरी गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चे तावनी दिएका छन्।

अध्यादेशमार्फत् बलमिच्याइँ गर्न नहुने नेपालको अडान छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सन्देश जारी गर्दै ओलीको ध्यानाकर्षण गराएका हुन् । उनले अहिले मुलुकको ध्यान कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने पनि औंल्याएका छन्।

विज्ञापन

 

विज्ञापन

‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,’ उनले भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन । अतः गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु ।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस