On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहो��
  • होमपेज
  • Breaking News
  • सिंगाे जसपा ओलीविरुद्ध उभिने संकेत
Breaking News

सिंगाे जसपा ओलीविरुद्ध उभिने संकेत

काठमाडौं। जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ। जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन्। पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन्।

महतो र यादवको भेटघाट भइरहेको नेता मनिष सुमनले बताए। ‘उपेन्द्रजीसँगको संवादहीनता अन्त्य भएको छ । उपेन्द्रजी र महतोबीच संवाद सुरु भएको छ’, महतोनिकट रहेका सुमनले भने। जसपा स्रोतका अनुसार ठाकुरले सुरु गरेको हस्ताक्षर अभियानमा महतोले हस्ताक्षर गरेका छैनन्। ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन्। उनले ओलीसँग सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति पनि गरेका छन्। जसपा स्रोतका अनुसार ठाकुरको हस्ताक्षर संकलन अभियानमा पूर्व राजपाका १२ जना सांसदले मात्र हस्ताक्षर गरेका छन्। पूर्व राजपाका महतो, शरत्सिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन्।

विज्ञापन

पूर्वराजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव यसअघि नै उपेन्द्र यादव पक्षमा पुगेका छन्। यसैगरी ५१ सदस्यीय जसपा कार्यकारिणी समितिमा रहेका पूर्व राजपाका महतो, मृगेन्द्र सिंह यादव र सुमनले हस्ताक्षर गरेका छैनन्। पूर्व राजपाका ३ कार्यकारिणी समिति सदस्य महेन्द्र यादव, गजाधार यादव र रमेश यादव यसअघि नै कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन्। ठाकुर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आफूले हस्ताक्षर नगरेको सुमनले बताए।

विज्ञापन

महतो निकट एक नेताका अनुसार ओली सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा मतदान हुँदा तटस्थ बस्नुपर्ने लाइनमा महतो छन्। पार्टी फुट्नबाट जोगाउन तटस्थ बस्नुपर्ने महतोको धारणा रहेको ती नेताको भनाइ छ। ओली सरकारले जसपाका सबै माग पूरा नगरेकाले सरकारलाई साथ दिनै पर्ने बाध्यता नभएको महतो पक्षधर नेताहरूको भनाइ छ। ठाकुरले महतोलाई संसदीय दलको नेता बनाउन पहल नगरेपछि उनी टाढिएको महतो पक्षधर नेताहरूको भनाइ छ।

पूर्व राजपा र पूर्व समाजवादीबीच एकीकरण हुँदा महतोलाई संसदीय दलको नेता बनाउने मौखिक सहमति भएको उनीहरूको दाबी छ। तर अहिले महतोलाई दलको नेता बनाउन ठाकुरले चासो नदिएको, बरु उल्टै आफैं दलको नेता हुन चाहेको महतो पक्षधर नेताहरूको भनाइ छ। सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूका हस्ताक्षर दुरुपयोग गरी ठाकुरले आफूलाई अधिकार थप्न खोजेको आशंका महतो निकट अर्का एक नेताले गरे । उनले भने, ‘ठाकुरजीले आफ्ना सम्धी उमाकान्त झालाई सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन खोजेको हामीले संकेत पायौं ।’ यसअघि ठाकुरको सिफारिसमा झालाई प्रदेश ५ को प्रदेश प्रमुख बनाइएको थियो ।

जसपाका ३४ सांसद छन्। तीमध्ये हरिनारायण रौनियार र रेसम चौधरी निलम्वित अवस्थामा छन्। बाँकी ३२ सांसदमा १६ जना पूर्व राजपा र १६ जना पूर्व समाजवादीका हुन्। पूर्व राजपाका सांसद महेन्द्र यादव सरकार ढाल्नुपर्ने लाइनमा उभिएका छन्। महतो, भण्डारी र राउत तटस्थ बस्ने सम्भावना रहेको जसपा स्रोतको भनाइ छ। स्रोतले भन्यो, ‘यो दुई दिनमा परिस्थिति फेरिएर ओलीलाई श्विासको मत नदिने लाइनमा ३ सांसद उभिन सक्छन।’ जसपा कार्यकारिणी समिति सदस्य रमेश यादवले ओली सरकार ढाल्नुपर्छ भन्ने लाइनमा पार्टीका बहमुत सांसद र कार्यकारिणी समितिका बहुमत सदस्य रहेको बताए। नागरिक दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस