शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि
समाचार

दुई मन्त्रीमा कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् ।

विज्ञापन

कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले बताए । ‘हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो, तर अल्छी लाग्ने र सामान्य रुघाबाहेक त्यस्तो ठूलो समस्या देखिएको छैन’, थापाले भने । उनी अहिले होम आइसोलेसनमा रहेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस