शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • यस्तो चरित्रहीन सत्ता चाहिँदैन, बिरोध गरौं : डा. आचार्य
समाचार

यस्तो चरित्रहीन सत्ता चाहिँदैन, बिरोध गरौं : डा. आचार्य

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले सभ्य राजनीतिमा कल्पना पनि गर्न नसकिने तरिकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी रहेको भन्दै आफ्नो असन्तुष्टि पोखेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले मुलुक कोरोना भाइरस संक्रमण रोगबाट संक्रमित रहेको अवस्थामा गरिब, असहाय, शक्तिविहीनहरु अस्पतालको पहुँचबाट बञ्चित रहेको उल्लेख गरेका छन् ।

तर, यस्तो अवस्थामा जनताको बारेमा संवेदनशील हुन छोडेर सत्ता जोगाउने र फाल्ने घृणित खेलहरु भैरहेको भन्दै आफ्नो असन्तुष्टि पोखेका छन्। उनले यस्तो चरित्रहीन सत्ता चाहिँदैन, विरोध गरौं पनि भनेका छन् ।

विज्ञापन

उनले लेखेका छन्–”मुलुक नयाँ रोगबाट सङ्क्रमित छ। गरीब, असहाय,शक्तिविहीनहरूअस्पतालको पहुँचबाट बञ्चित छन।यस्तो अवस्थामा जनताका बारेमा संवेदनशील हुनु त कता हो कता एउटा सभ्य राजनीतिमा कल्पना पनि गर्न नसकिने तरीकाले सत्ता जोगाउने र फाल्ने घृणित खेलहरू जारी छन। यस्तो चरित्रहीन सत्ता चाहिँदैन बिरोध गरौं।”

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस