On Our Website breitling bentley replica. More details about webpage: breitling watches replica. address breitling bentley replica. Under $59 newsbreitling.com. navigate to this site breitling watches replica. On The Official Website www.healthbreitling.com. read this post here breitling watches replica. click this link now breitling bentley replica. see this site https://www.bpatekphilippe.com. web patek philippe fake. find out here now patek philippe replica. Ladies https://www.epatekphilippe.com. click here for info patek philippe fake. pop over to this site gpatekphilippe. straight from the source hpatekphilippe.com. see post ipatekphilippe.com. Lady dpatekphilippe.com. Best patek philippe geneve fake. have a peek at this site replica omega. With Fast Delivery https://www.3gomegawatches.com/.

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहो��
  • होमपेज
  • चितवन विशेष
  • कोरोनाको दोस्रो लहर शुरु भएपछि सुनसान बन्यो सौराहा
चितवन विशेष

कोरोनाको दोस्रो लहर शुरु भएपछि सुनसान बन्यो सौराहा

चितवन : कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निरासा छाएको छ । होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुबिधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन् । अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए । अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन् । उहाँले भन्नुभयो “अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो ।” सौराहाका होटलमा धेरै व्यवसायिक कार्यक्रमका लागि बुकिङ् आएका थिए । तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन् ।

विज्ञापन

कोभिडका कारण दैनिक रु ८० देखि ८५ लाख नोक्सान सौराहामा बेहोर्नुपरेको उहाँ बताउनुहुन्छ । अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए । यसभन्दा अघिल्लो वर्षमा यतिवेला ८० देखि ८५ प्रतिशत बुकिङ् हुने गर्दथ्यो । अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उहाँको भनाइ छ ।

विज्ञापन

हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन् । उहाँले भन्नुभयो “मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो ।” हाल सौराहा सु्नसान हुँदै गएको छ । अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र अकुपेन्सि रहेको छ । “अब मजदूरलाई के गर्ने रु ऋण कसरी तिर्ने रु सबैको चिन्ता यही छ ।” उहाँले भन्नुभयो ।

युनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुइवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो । रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेकालागि तय भएको अन्तरराष्ट्रिय क्लवको कार्यशाला पनि रद्द भएको छ । उहाँले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाको पहिलो लहरको प्रभाव न्यूनिकरण हुन नपाउँदै दोस्रो देखिएसँगै निराशा पैदा भएको छ ।”

सौराहामा पछिल्लो समय वीरगञ्ज, विराटनगर, काठमाडाँैलगायतका शहरबाट आएर विवाह गर्ने प्रचलन पनि बढ्दै गएको थियो । कोरोनाको कहरले यसलाई पनि असर गरेको छ । भारतसमेत विवाहका लागि सौराहा आउने क्रम शुरु भएको थियो । जङ्गल क्राउनका सन्तोष गिरीले बुकिङ् भएको विवाह पनि स्थगित भएको जानकारी दिनुभयो ।

क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे पहिलो चरणको कोरोनाको प्रभाव जेनतेन व्यवस्थापन गर्न नपाउँदै अप्ठ्यारो स्थिति आएको गुनासो गर्नुहुन्छ । सबै होटल पूर्ववत् अवस्थामा आएसँगै फेरी कोरोना बढेपछि प्रभावित भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “सबै बुकिङ् रद्द भए । हाम्रो उत्साह हराएर गयो ।” कोभिडको प्रभावसँगै आन्तरी क पर्यटकलाई लक्षित गरी आँफूले व्यवसाय पूर्ववत् अवस्थामा पु¥याएको बताइएको छ ।

व्यवसायीका अनुसार सौराहामा ११५ होटल सञ्चालनमा रहेका छन् । ती होटलमा छ हजारभन्दा बढी बस्न सक्ने क्षमता रहेको छ । सौराहाको पर्यटन व्यवसायमा मात्र रु ३३ अर्वभन्दा बढिको लगानी भएको व्यवसायी बताउछन् । यहाँ पाँच हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । कोरोनाले होटल व्यवसायमा पार्ने प्रभावसँगै यसको लगानीको जोखिम र यसमा आश्रितको रोजगारीको समस्यासमेत हुने उहाँ बताउनुहुन्छ । कोरोनाको प्रभाव बढेसँगै सांस्कृतिक घर बन्द गरिएको छ । अन्य गतिविधि पनि क्रमश प्रभावित हुँदै गएका छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जमा वन, वन्यजन्तु र चराचुरुङ्गीसँग रमाउन स्वदेशी र विदेशी पर्यटक यहाँ आउने गर्दछन् । रासस

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस