शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • अभिनेता प्रशान्त तामाङलाई मातृशोक
समाचार

अभिनेता प्रशान्त तामाङलाई मातृशोक

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृ शोक परेको छ । उनकी आमा रुपा तामाङको दार्जिलिङको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तामाङले आमाको निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न वर्षौं लाग्छ । हार्दिक श्रद्धाञ्जली मेरो सबैभन्दा प्यारो आमा’ उनले फेसबुकमा अगाडि लेखेका छन् ‘आई लभ यू ।’
यो घडीमा आफूलाई बलियो रहन प्रेरित गर्ने सबैलाई समेत उनले धन्यवाद दिएका छन् ।

विज्ञापन

‘इन्डियन आइडल ३’ को विजेता बनेपछि चर्चामा छाएका प्रशान्त अभिनित फिल्म ‘परदेशी २’ प्रदर्शनमा आउन बाँकी रहेको छ । यस अगाडि उनी अभिनित फिल्म गोर्खा पल्टन, परदेशी, निशानीलगायत प्रदर्शनमा आएका थिए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस