शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • चितवन विशेष
  • नेपाल मेडिकल स्टुडेण्ड सोसाइटी भरतपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न
चितवन विशेष

नेपाल मेडिकल स्टुडेण्ड सोसाइटी भरतपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भरतपुर । नेपाल मेडिकल स्टुडेण्ड सोसाइटी भरतपुर शाखाद्वारा बिहीबार भरतपुरको सप्तगण्डकी चोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  क्षेत्रिय रक्तसंचार केन्द्र र सोसाइटीको सहकार्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ७५ जना पुरुष र ३६ जना महिला गरी १ सय ११ जनाले रक्तदान गरेका सोसाइटीका सदस्य तथा मेडिकल स्टुडेन्ट किषनजङ्ग कुँवरले बताए ।

विज्ञापन

मेडिकल सिटीका रुपमा परिचित भरतपुरमा रगतको माग धेरै छ । रगतको अभाव नहोस् भन्ने उदेश्यले सोसाईटीले रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाले जनाएको छ ।

विज्ञापन

कार्यक्रमम भरतपुर महानगरपालिका वडा नं १०का वडाध्यक्ष परमेश्वर खनालको विशेष उपस्थिति रहेको थियो । वडा अध्यक्ष खनालले रक्तदान कार्यक्रम आगामी दिनमा निरन्तर बढाउनु पर्ने बताए । युवाहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्न रक्तदान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

नेपाल मेडिकल स्टुडेण्ड सोसाइटी भरतपुर शाखाका सभापति ज्योत्स्ना जोशी स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि, स्वास्थ्य शिविरहरूको आयोजना गर्ने योजना रहेको बताईन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस