शनिबार, माघ १९, २०८१
  • होमपेज
  • खेलकुद
  • भरतपुर उपमेयर कप भलिबलः पुरुषतर्फ वडा नं.२७ र २५ उपाधिका लागि भिड्ने
खेलकुद

भरतपुर उपमेयर कप भलिबलः पुरुषतर्फ वडा नं.२७ र २५ उपाधिका लागि भिड्ने

चितवन।
भरतपुर महानगरपालिकाको आयोजनामा जारी अन्तर वडा उपमेयर कप (महिला/पुरुष) भलिबल प्रतियोगिता २०८१ को फाइनल खेल्ने टिम टुंगो लागेको छ ।
भरतपर–१०, स्थित गेष्टहाउस चौरमा जारी प्रतियोगितामा पुरुषतर्फ क्वाटरफाइनल हुँदै सेमीफाइनल खेल सम्पन्न भएका छन् । पहिलो सेमीफाइनलमा भरतपुर वडा नं.२७ ले वडा नं.२० लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

यस्तै दोस्रो सेमीफाइनलमा भरतपुर वडा नं.२५ ले वडा नं.२८ लाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । दोस्रो सेमीफाइनल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अब उपाधिका लागि भोलि (शनिबार) भरतपुर वडा नं.२७ र वडा नं.२५ बीच प्रतिस्पर्धा हुने भएको छ ।

विज्ञापन

यस्तै महिलातर्फको पनि आज दुई सेमीफाइनल खेल सम्पन्न भएका छन् । उपाधिका लागि भरतपुर वडा नं.१३ र वडा नं.२३ बीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ र सेमीफाइनलमा पुग्ने दुई टिमले समान १०र१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस