चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले यही माघ १ अर्थात (जनवरी १४) गते मंगलबार ‘अष्ट्रेलिया एजुकेशन फेयर’ शैक्षिक मेला गर्ने भएको छ । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाको आयोजना गरिएको हो ।
हरेक बर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।
विज्ञापन
पछिल्लो समय अष्ट्रेलियन सरकारले गरेको भिषाको पोलिसी, मापदण्ड, त्यहांँको अवस्था, काम, अवसर र चुनौतिको बारे विद्यार्थीले युुनिभर्सिटीका प्रतिनिधिसंँग जिज्ञासा राख्न सक्ने छन् । मेलामा अष्ट्रेलियाका प्रख्यात केही युनिभर्सिटीका प्रतिनिधिले विद्यार्थीलाई उपयुक्त परामर्श, युनिभर्सिटीमा सहजीकरण, स्कलरसिप र अफरलेटरमा सहजीकरण लगायतका बिषयमा सहभागी विद्यार्थीलाई मदत पुग्ने पौडेलको भनाई छ ।
विज्ञापन
ग्लोबल रिच पुरानो र स्थापित शैक्षिक संस्था भएकोले विद्यार्थी तथा अभिभावकको शैक्षिक मेलामा उत्साहजनक सहभागिता रहने उनले बताए । भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा आफ्नै कार्यालय परिसरमा गर्न लागिएको मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म मेला सञ्चालन हुने पौडेलले जानकारी दिए । ग्लोबल रिचले विगत ३३ बर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १८ बर्षदेखि नेपालमा सेवा दिईरहेको छ ।
ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा,चितवन गरी चारवटा शाखा छन भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा छन ।
संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, वेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।
फेसबुक प्रतिक्रियाहरु