चितवन ।
जिल्ला प्रहरी कार्यालय चितवनले विस्फोटक पदार्थ पटका र खोड्खोडे खाल बरामद गरेको छ । भरतपुरको केन्द्रीय बसपार्कबाट २८ सय पिस पटका र जिल्लाका विभिन्न स्थानबाट २५ खाल खोड्खोडे बरामद गरेको हो।
विज्ञापन
रौतहटको गौरबाट चितवन आएको ग १ ख ७५३२ नं को यात्रु बाहक बसलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा २८ सय पिस नागिन पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बस चालक, सहचालक र कन्डक्टरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
विज्ञापन
नियन्त्रणमा पर्नेमा चालक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मोहम्मद अर्मान, सहचालक वीरगन्ज महानगरपालिका २९९का सुशील चौधरी र कन्डक्टर रौतहटको चन्द्रपुर नगरपालिका ४ का सुदर्शन राउत रहेका छन्।उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु