बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मेयर रेनु दाहालको ‘विकास मोडल’
विचार/ब्लग

मेयर रेनु दाहालको ‘विकास मोडल’

–सुसन चितवने
भरतपुर । नेपालमा लामो समयपछि २०७४ मा स्थानीय निर्वाचन भयो । निरङ्कुश राजतन्त्रको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो स्थानीय चुनावले नेपाली जनताको बीचमा नयाँ ढंगले आ–आफ्ना चुनावी रङहरुको प्रभाव पार्न थालेको थियो । काठमाडौँमा भर्खरै मात्र स्थापित वैकल्पिक शक्तिको दाबी गर्ने पार्टीहरुका उम्मेद्वार रञ्जु दर्शना, स्वर्गीय उज्जवल थापाहरु लागयतकोे सामाजिक सञ्जाल मात्रै नभई जनमानसमा रोमाञ्चक दबाव थियो । यो सँगै विशेष चासोको साथ चितवनको भरतपुरको निर्वाचनलाई हेरिएको थियो । कारण थियो, रेनु दाहाल । रेनु दाहाललाई मेयरको उम्मेदवारको रुपमा मात्र हेरिएको थिएन् । प्रतिगामी र मुलुकको समग्र परिवर्तनमा फरक मत राख्ने असन्तुष्ट समुहले रेनु दाहाललाई प्रचण्ड पुत्रीको रुपमा सम्बोधन गथ्र्यो । केही पुरानतवादी र माओवादीले ल्याएको परिवर्तनलाई स्वीकार गर्न नसकेको चुत्था मिडियाहरुले त्यसरी नै दाहाललाई कमजोर आँकलन गरी प्रचण्ड पुत्री भनेर प्रचार गर्यो । यसरी प्रचार गर्दा समाजले एउटा इतिहासकै अवमूल्यन र अपमान गरेको कुरा भुलेको थियो ।

रेनु दाहालको परिवार के कारणले भूमिगत हुन परेको थियो ? पढ्ने खाने उमेरमा रोल्पाको दुर्गम वस्तीमा कसरी प्रचण्ड परिवार मुलुकको निरंकुश व्यवास्था विरुद्ध संघर्षमा होमिएको थियो ? भन्ने कुरालाई जानी–जानी मेटाउने प्रयास गरिएको थियो । २०७४ को चुनावले एउटा सन्देश दियो माओवादीहरु जनयुद्धको भिषण तयारीसँगैको युद्ध मात्रै हैन, बुलेटबाट अब ब्याटलमा पनि परिपक्क हुँदै अघि बढदै छ र सफल पनि हुँदै छ । २०७४ पछिका ५ वर्ष माओवादीको अगाडि अस्तित्वको लडाईदेखि सम्भावनाको परिघटनाहरु धेरै आए । देश बृहत बाम एकतामा अघि बढ्यो, संघीय चुनाव त्यसै अनुसार तालमेलमा अघि बढ्यो । त्यसले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ तरंग, सम्भावनासँगै आशाका किरण हेतु पैदा गर्यो । तर, पर्दा पछाडि अपराधिक मनोवृत्तिको योजना तर्जुमा भईरहेको कुरा मेसो पाउन सकेन । फलस्वरुप जननिर्वाचित सभा दुई–दुई पटक विघटन हुन पुग्यो । यो बीचमा न्यायलय, विदेशी शक्ति देशभित्रका प्रतिगामी शक्ति र यथास्थितिवादीको आ–आफ्नै तयारी हुन थाले र एउटा ठुलो कम्युनिष्ट पार्टी गर्ल्याम गुलम ढल्यो ।

विज्ञापन

यस्तै परिघटनाबाट २०७९ को स्थानीय चुनावको रौनक सुरु भयो । बहुप्रतिष्ठित बनाइएको भरतपुरको चुनावी रौनक फेरि सुरु भयो । ७४ को भन्दा धेरै कुरामा फरक थियो ७९ को चुनाव । ७४ मा प्रचण्ड पुत्री बनाइएकी रेनु दाहाल भरतपुरको पुनः मेयर उम्मेद्वार हुदाँ एउट परिपक्व मेयरको प्रत्याशी भै सकेकी थिइन् । जनताले साच्चै विकासको पर्याय रेनु दाहाललाई देखेका थिए । भरतपुर मात्रै नभई सारा चितवनको अविभावकत्व हुने गरी रेनु दाहालको उदय भएको थियो । चितवन मात्र हैन देशभरि चुनावी माहोल सुरु हुँदा जनतालाई आफ्नो वाडर्, पालिका भन्दा भरतपुरको चासो हुने गरेको थियो । जनताको नजरमा काम गर्ने मान्छेले जित्छ कि हर्ला गर्ने ले जित्छ भन्ने कौतुहलता थियो । ७४ र ७९ को यो अवधिमा रेनु दाहालको यस्तो जबरजस्त उदय भएको थियो कि उनको अगाडि हाई प्रोफाइलका उम्मेदवारहरु पनि फिक्का लाग्न थालेको थियो । केपी ओलीको हर्कतविरुद्ध एक भएका शक्ति एक तिर अस्थिरतामा जाल हान्न र अस्थिरता मच्याउने मतियार एमाले र राप्रपाको गठबन्धनबीच देशका विभिन्न पालिकाको साथै भरतपुरमा पनि यस्तै किसिमको गठबन्धन हुन पुग्यो ।

विज्ञापन

गठबन्धन जे जे भए पनि यो समग्र प्राप्त उपलब्धी जोगाउने र भत्काउनेहरुको बीचको प्रतिस्पर्धा नै थियो । भरतपुरको जमिनमा टेकेर हेर्दा रेनुको जित सुनिश्चित देखिन्थ्यो भन्ने अन्य ठाँउबाट हेर्दा कडा प्रतिस्पर्धा नै देखिन्थ्यो । तर, रेनु दाहालको सुशासन, शुन्य भ्रष्टाचार, जनता प्रति उत्तरदायी, उच्च जनसम्बन्ध, तीब्र विकास प्रतिको आकाँक्षा नजिकबाट नियालेकाहरुमा रेनु दाहालको लोकप्रिय मतको साथ जित हुने सुनिश्चित भइसकेको थियो । २०७९ को चुनाव पश्चात् नतिजाहरु आउदै गर्दा देशभरी नै संविधान जोगाउनेहरुको जित भएको छ । काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेनले परम्परागत शक्ति एमाले र काङ्ग्रेसको उम्मेदवारलाई पराजित गरेको छ । बिरलै देखिने यस्ता घटना एउटा स्वेत क्रान्तिको रुपमा देखा परेको छ । हतियार बिनाको क्रान्ति काठमाडौँ जस्तै धरान पनि हर्क राइको रुपमा भयो । यो जितलाई माओवादीले सहर्ष स्वीकार गर्यो तर, प्रतिगामी शक्तिको मतियारको रुपमा उदाएको एमालेले स्वीकार गर्न सकेन । यस्तै जित भरतपुरमा भयो । भरतपुरको भोटिङ ट्रेन्डिङ धेरैले सोचेको भन्दा फरक आयो ।

रेनु दाहालको विरुद्ध काङ्ग्रेसका बागी उम्मेदवारले १४ हजार मत ल्याउँदा रेनु दाहालको मतलाई कुनै प्रभाव पार्न सकेन । उनको मत गठबन्धनबाटै उपमेयर उम्मेदवारको भन्दा करिब ८०० मात्र मतान्तर रह्यो । ७४ को चुनावमा यही गठबन्धनबाट चुनाव लड्दा उनको र काङ्ग्रेसको उपमेयसँग करिब ४ हजार मतान्तरले पछि थियो । तर, अहिलेको चुनावमा मतान्तर त्यस्तो रहेन । कारण थियो उनको लोकप्रिय मत । ७४ को चुनाव भन्दा करिब ३५ हजार नयाँ मतदाता थपिएको भरतपुरमा रेनु दाहालले अत्याधिक लोकप्रिय मत प्राप्त गरिन् । रेनु दाहाललाई आएको मतको ट्रेन्डिङ सर्वमान्य नेताको हैसियतमा आएको मत नै थियो । खासगरी नयाँ मतदाता र युवा जमातमा लोकप्रिय मेयर रेनु दाहाललाई त्यही जमातले नै अत्याधिक भोट हालेको थियो । माओवादी पार्टीको आधिकारिक उम्मेदवार भैरहदा रेनु दाहालको जनता भने सबै पार्टी समूह, समुदायको साझा नेताको रुपमा जित भएको छ ।

ठुला–ठुला गौरवको आयोजना ल्याउनु, ५ हजार क्षमताको सिटी हल, भरतपुरको सुविधा सम्पन्न प्रशासकीय भवन, नारायणी तटबन्ध, ७०० किमिभन्दा बढी सडक कालोपत्र, ६ लेनको महेन्द्र राजमार्ग निर्माण, बाईपास सडकको विस्तार, अन्तर्राष्ट्रिय रंगशाला निर्माण कार्यको सुरु, भरतपुर भ्रमण वर्ष २०२४ को आयोजना, नारायणीमा सिग्नेचर ब्रिजको कार्य प्रारम्भ, सि बिच मोडेलको नारायणी किनारको सौन्र्दयता, नाला तथा निकासको व्यवस्थापन, उज्यालो भरतपुर योजना अन्तरगत सडक बत्तिको निर्माणलागयत चितवनमा वस्ती बसेको २०१८ सालादेखि हुन नसकेका दुर्गामी विकासको परियोजना रेनु दाहालको पहिलो कार्यक्रममा हुनु नै दोस्रो कार्यकालको लागि जित सुनिस्चित छ भन्ने आधारहरु निर्माण भएका थिए । शैक्षिक क्षेत्रमा रेनु दाहालले पहिलो कार्यकालमा गरेका कामहरुले चितवनको प्राज्ञिक क्षेत्रमा समेत नयाँ तरंग ल्याउनु सफल भएको थियो ।

उच्च शिक्षा हासिल गर्नको लागि महानगरभित्रका कक्षा ११ र १२ अध्ययनको लागि आउने ४०० भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति नीतिगत रुपमा प्रत्येक शैक्षिक सत्रमा दिलाउन सक्नु, हजारौंको संख्यामा सामुदायिक विद्यालय अध्ययन गर्ने छात्रालाई निःशुल्क साइकल महानगरले व्यवस्था गर्नु, सामुदायिक विद्यालयहरुमा निःशुल्क स्यानिटरी प्याड वितरण गर्नु, सामुदायिक विद्यालयहरुलाई सहज यातायातको व्यवस्थापनको लागि स्कुल बस प्रदान गर्नु जस्ता सामुदायिक विद्यालयला प्राथमिकतामा राखेर गरिएका शैक्षिक सुधारका कार्यक्रमले करिब यो ६ वर्षमा ६ हजार भन्दा बढी विद्यार्थी निजीबाट सामुदायिक विद्यालयमा स्थान्तरण हुनु नै रेनु दाहालको शैक्षिक क्षेत्रका सफलता हुन् । रेनु दाहालले आफ्नो पहिलो कार्यकालको सुरुमा नै भरतपुर अस्पतालमा महिलालाई निःशुल्क ओपिडि टिकट प्रदान गर्ने कार्यले पनि उनी महिला अधिकारको क्षेत्रमा लडिरहका अधिकारकर्मीहरुको नजरमा परेकी थिइन् । यो बीचमा कोरोना अस्पताल निर्माण गरी स्वास्थ्य संकटलाई सामाना गर्ने देखि आपतकालीन स्वास्थ समस्यामा मेयरको रुपमा रहेको उहाँको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन । भरतपुर र समग्र चितवनको दीर्घकालिन विकासलाई मुख्य लक्ष्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ सुरु भएको छ । जसले भरतपुर आसपासका क्षेत्रलाइ देशकै एउटा महत्वपुर्ण पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्दै लगेको छ ।

मुलुक नयाँ शासकीय प्रणालीमा बयस्क हुँदै गर्दा माओवादीहरुले जितेका पालिकाहरु उत्कृष्ट ५ मध्ये ३ वटा पर्नु र महानगरीय रुपमा भरतपुर पहिलो नम्बरमा राज्यकै निकायबाट मूल्यांकन हुनुलाई माओवादीहरु जनताप्रति बढी इमानदार छन् भन्ने कुरालाई पुष्टि गर्दछ । चितवनका जनताले रेनु दाहालको विकासको तौर तरिकालाई रेनुको विकास मोडेल भनेर नाम दिन थालेका छन् । जुन देशभरीका स्थानीय तहले सिक्नु आवश्यक देखिन्छ । जनताप्रति ईमान्दार हुँदा जस्तो सुकै शक्ति लागे पनि हराउन नसक्ने रहेछ भने कुरा रेनु दाहाले भरतपुरमा गरेको विकासबाट पुष्टि हुन्छ । शान्तसँग निरन्तर जनतासँगै रहेर जनताको हरेक समस्यालाई आकस्मिका साथै दीर्घकालिन रुपमा हल हुने गरी नयाँ सम्भावना र अवसरहरु सिर्जना गर्दै नीतिगत विकासको योजनाहरुलाई कुशलता पूर्वक र्निविवाद कार्यन्वयनमा लानु नै रेनुको विकास मोडल हो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस