बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • वोष्टन ईन्टरनेश्नल कलेजमा दिगो अर्थतन्त्रमा नवप्रवर्तनिय वित्तिय विषयमा छलफल
समाचार

वोष्टन ईन्टरनेश्नल कलेजमा दिगो अर्थतन्त्रमा नवप्रवर्तनिय वित्तिय विषयमा छलफल

भरतपुर ।

वोष्टन ईन्टरनेश्नल कलेजमा दिगो अर्थतन्त्रमा नवप्रवर्तनिय वित्तिय विषयमा छलफल गरिएको छ । कार्यक्रममा वित्तिय क्षेत्रसँग सम्बन्धित सरोकारावालाको उपस्थिति रहेको थियो ।
कलेजले अहिलेको अर्थतन्त्रमा नवप्रवर्तनमार्फत कसरी थप लगानी बढाउन सकिन्छ भन्ने बारे यसअघि पनि छलफल चलाउदै आइरहेको छ ।
नवप्रवर्तनलाई व्यवसायीक शिक्षासँग जोड्दै अघि बढ्नुपर्ने धारणालाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुराउने कलेजका अध्यक्ष आन्नद बहादुर चन्दले बताउनुभयो ।
शुक्रबार भएको छलफलमा बैंक तथा वित्तिय संस्था, बिमा, सेयर बजार, उद्योग वाणिज्य, शैक्षिक व्यक्तित्वहरुलाई एउटै मञ्चमा सहभागी गराई आवश्यक सहकार्यका विषयमा छलफल गरिएको आयोजक वोष्टन कलेजले जनाएको छ ।

विज्ञापन

कार्यक्रममा बोल्दै कलेजका एमबिए कार्यक्रमका सह-निर्देशक शिखर लामिछानेले वोष्टनले सञ्चालन गर्दै आईरहेको बिबिए, एबिए कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो।
छलफल कार्यक्रममा विज्ञ सहजकर्ता नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यपत्र प्रस्तुत गर्दै विज्ञ थापाले अहिलेको व्यवस्थापन शिक्षाले परम्परागत वित्त मात्र नभई नवप्रवर्तनीय वित्तसँग सम्बन्धित विषयवस्तुलाई समेट्नुपर्ने धाराणा राख्नुभयो ।
छलफलमा बोल्दै सिएफओ सेन्टर ईन्डियाका क्षेत्रिय निर्देशक सन्दिप चुगले वित्तशास्त्रको औचित्यमाथि प्रकाश पार्नुभयो ।
यसगरी त्रिभुवन विश्विवद्यालय व्यवस्थापन विभागका प्रध्यापक डा. राधेश्याम प्रधानले BBA-Finance को भविष्य एकदमै उज्जवल रहेको कुरामा जोड दिनुभयो ।
कार्यक्रममा ६० जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस