बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदै
समाचार

भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदै

चितवन।
उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थी लक्षित भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदैछ ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा यही जुन १२ अर्थात् जेठ ३० गते बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा कार्यक्रम हुन लागेको हो । विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने कार्यक्रममा अमेरिका र क्यानडाको २० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिए ।
‘कक्षा १२ वा ब्याचलर गरेर बसेका विद्यार्थीहरु पढ्नका लागि यदि अमेरिका र क्यानडा जान चाहना छ भने कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिन सक्नेछन्, कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरु सहभागि भएर यसको फाइदा उठाउन सक्नुहुनेछ’–प्रबन्ध निर्देशक अधिकारीले भने ।

यस कार्यक्रममा सहभागि हुने सबै विद्यार्थीहरुलाई हातखाली नजाने विभिन्न प्रकारका उपहारहरुको समेत व्यवस्था गरिएको छ । जस अन्तरगत लक्की ड्र मार्फत स्केटिङ टिकट, एक्सपर्टको लोगो अंकित विभिन्न उपहारको साथमा ड्राइभिङ, बारिष्ता र हेयर ड्रेसिङ तालिमको छुट भौचर पाउने छन् ।
एक्सपर्टले विभिन्न समयमा अष्ट्रेलिया, युके, क्यानडा, युएसए, न्यूजील्याण्डलगायतको यस्तै प्रकारको कार्यक्रम गर्दै आइरहेको छ । आगामि अगष्ट २१ मा ती सबै देशहरुको ग्राण्ड एजुकेशन फेयर हुँदैछ । यसबाट विद्यार्थी तथा अभिभावकहरुले सिधै कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट परामर्श लिन पाइरहेका छन् ।

विज्ञापन

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० वटा देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस