शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • चाइना हस्पिटलद्धारा भरतपुरका स्वास्थ्य स्वमसेविकालाई अभिमुखीकरण
समाचार

चाइना हस्पिटलद्धारा भरतपुरका स्वास्थ्य स्वमसेविकालाई अभिमुखीकरण

भरतपुर । चाइना हस्पिटल प्रालिद्धारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वमसेविकाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।  स्वमसेवीकालाई परम्पारागत चाइनिज उपचार पद्धतिको बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच तथा उपचार पनि गरिएको छ ।
भरतपुर महानगरको सम्वन्यमा चाइना अस्पतालको १८ जनाको चिकित्सक ६० जना स्वास्थ्यकर्मीले चेकजाच गरेका थिए । स्वास्थ्यकर्मीहरुको टाउको, खुट्टा, ढाड दुखाईको चाइनिज पद्धतिबाट उपचार गरिएको थियो ।
यो उपचार पद्धतिमा आवश्यक पर्ने आयुर्वेदिक जरीबुटी नेपालमा पनि पाइने भएकाले सहज तरिकाबाट उपचार गर्न सकिने कार्यक्रम संयोजक सजना रिमालले जानकारी दिनुभयो ।
पहिलो चरणमा ६० जनाको स्वास्थ्य परिक्षण गरिएको भएपनि क्रमसँगै २०७ जनालाई समेट्न लागेको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । विषश गरी शरिरमा हुने हरेक किसिमको दुखाईलाई यो पद्धति उपचार गर्न सकिन्छ ।
हस्पिटलबाट आएको टोलीले भरतपुर महानगर प्रमुख रेनु दाहालसँग भेट गरेपछि आकस्मिक रुपमा शिविर आयोजना गरेको संयोजक रिमालले जानकारी दिनुभयो । भरतपुर महागरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई स्वास्थ्य पर्यटनसँग जोड पनि यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।  आगामी दिनमा पनि भ्रमण वर्षसँग जोडेर यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस