बिहिबार, भदौ २५, २०८२
  • होमपेज
  • समाचार
  • पुदिनाका फाइदै फाइदाः छालामा चमकदेखि तौल घटाउने र खाना पचाउनेसम्म
समाचार

पुदिनाका फाइदै फाइदाः छालामा चमकदेखि तौल घटाउने र खाना पचाउनेसम्म

काठमाडौं । नेपालको जुनसुकै ठाउँमा पुदिन पाईन्छ । विशेषगरी मध्यपहाडी भेगमा पुदिना प्रशस्त पाइन्छ। ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ। चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ।

यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ। आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। थुप्रै आयुर्वेदेक औषधिमा पनि पुदिनाको प्रयोग गरिएको हुन्छ। पुदिना बहुउपयोगी जडिबुटी हो। यसका केही फाइदाहरूः

विज्ञापन

१. पुदिनाले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउन, थकान घटाउनेलगायत काम गर्छ।

विज्ञापन

२. पुदिना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ। यसले छालामा चमक ल्याउने, सफा राख्न मद्धत गर्ने, डन्डिफोर आउन नदिने काम गर्छ।

३. बान्ता हुने तथा टाउको दुखाइको समस्या समाधान पनि गर्छ।

४. पुदिनाले नाक, घाँटी, स्वासनली तथा फोक्सोको बाटोलाई खोल्ने तथा श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ। पुदिनाले खोकी कम गर्न पनि सहयोग गर्छ।

५. दमका बिरामीलाई पनि पुदिना लाभदायक मानिन्छ।

६. पुदिनाको प्रयोग तौल नियन्त्रका लागि उपयोगी छ। यसले आलस्यता पनि हटाउँछ।

७. पुदिनाले जिब्रो र दाँत पनि सफा राख्न, कपालाई झर्नबाट रोक्न पनि मद्दत गर्छ।

(फूड डट एनडीटिभी डटकमबाट)

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस