शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • गोरखा,लम्जुङ र पाल्पामा शाखा विस्तार गर्दै सेन्ट्रल कलेज
समाचार

गोरखा,लम्जुङ र पाल्पामा शाखा विस्तार गर्दै सेन्ट्रल कलेज

चितवन ।

विभिन्न देशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श र भाषा कक्षा दिँदै आइरहेको सेन्ट्रल कलेजले तीन जिल्लामा शाखा विस्तार गर्ने भएको छ । कलेजले पाल्पाको रामपुर, लम्जुङको बेसिसहर र गोरखाको गोरखा बजारमा शाखा विस्तार गर्न लागेको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार गोरखा, तनहुँ र पाल्पाका धेरै विद्यार्थीलाई सेन्ट्रल कलेजले सेवा प्रदान गरेको भन्दै त्यहाँका विद्यार्थी र अभिभावकको माग अनुसार शाखा विस्तार गर्न लागिएको हो ।

विज्ञापन

 

विज्ञापन

कलेजले उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भाषा कक्षासंगै भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । पछिल्लो समय विद्यार्थीको रोजाइमा रहेको कलेजले सही परामर्श र गुणस्तरिय भाषा कक्षाका लागि थप शाखा विस्तार गर्नुपरेको जनाएको छ ।

 

कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । कलेजले नवलपुरको कावासोतीमा पनि आफ्नै कार्यालय भवन निर्माण गरिरहेको छ भने निकट भविष्यमा रत्ननगरको सौराहा चोकमा कार्यालयमा स्थापना गर्ने तयारी गरेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस