सोमवार, कार्तिक २३, २०८३
  • होमपेज
  • समाचार
  • सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ ।

उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिनुभयो ।

विज्ञापन

प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिनुभएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उहाँले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गर्नुभएको छ ।

विज्ञापन

प्रधानमन्त्री दाहालको निर्देशनपछि उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।रासस
—

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • १५ घन्टा अगाडि

भर्खरै

सिफारिस