सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • मेघौलीका तोयनाथ हजुरआमाको हत्या गरी फरार भएकाे १९ वर्षपछि पक्राउ
समाचार

मेघौलीका तोयनाथ हजुरआमाको हत्या गरी फरार भएकाे १९ वर्षपछि पक्राउ

चितवन । भरतपुर महानगरपालिका–७ कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार अभियुक्त आफ्नै नाती पर्ने कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । भरतपुर महानगरपालीका–२८ मेघौलीका ४३ वर्षीय चापागाईलाई प्रहरीले बर्दघाटको शिवमन्दिरबाट पक्राउ गरेको हो ।

 

विज्ञापन

२०६१ मंसिर १४ गते भरतपुर–७ की मनकुमारी वाग्लेलाई निजकै नाती पर्ने चापागाईले हत्या गरी घरको गरगहनासमेत लुटी भागेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त चापागाईले राती सुतेको अवस्थामा वाग्लेलाई बाँसको लौरो र ढुँगाले टाउकोमा प्रहार गरी हत्या गरी कानमा लगाएको गरगहना समेत लुटी घरको बाहिर ढोकामा साँचो लगाई भागी फरार भएका थिए ।

विज्ञापन

चापागाईलाई निरन्तर खोजतलास गर्ने क्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको बिशेष सूचनामा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी सुस्ता पश्चिम समेतबाट खटिएको प्रहरी टोलीले असोज २२ गते वर्दघाट नगरपालिका–४ बाढीपीडित स्थित रहेको शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस