सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • आज विश्व मुटु दिवस, असन्तुलित खानपानले रोगको जोखिम बढ्दो
समाचार

आज विश्व मुटु दिवस, असन्तुलित खानपानले रोगको जोखिम बढ्दो

काठमाडौं । आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। ‘मन लगाऔँ मुटु बचाऔँ’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो।

विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने गरिएको हो। विश्व मुटु महासंघका अनुसार विश्वभर बर्सेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ।

विज्ञापन

जसमा विकासोन्मुख र अविकसित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ। सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्सेनी २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। ​

विज्ञापन

हृदयाघात सबैभन्दा बढी मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ।​ चिकित्सकहरुका अनुसार धूमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने गर्दा मुटु रोगबाट बच्न सकिन्छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस