चितवन । जाडो मौसम लागेपछि मानिसहरूका घरघर सिरक डसना बनाउने मानिसहरू कपास फिट्ने मेसिनसहित हिँड्दै आउँथे । हिँडेर, साइकलमा आउने उनीहरू पछिल्लो समय ससाना ढुवानी गर्ने गाडी सहित घरघर पुगेर सिरक डसना निर्माणसहित ढुवानी समेत गर्ने गरेका छन् ।
तर, चितवनमा भने यसरी सिरक डसना बनाउन घरघर हिँड्न नपाइने भएको छ । भरतपुर महानगरपालिका भित्रमा सिरक डसना बनाउने मानिसहरूले सेवा दिन घरघर नजान पालिकाले सार्वजनिक सूचना नै जारी गरेको छ ।
विज्ञापन
भदौ २७ गते महानगरले जारी गरेको सूचनामा टोल बस्ती, तथा चोक चोकमा माइकिङ गरी घुम्ती सेवा मार्फत सिरक डसना बनाउने सेवा दिन नपाइने जनाएको हो ।
विज्ञापन
भरतपुर महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत जगन्नाथ अर्यालले जारी गरेको सडक, डसना निर्माण सम्बन्धी घुम्ती सेवा रोक्ने सूचनामा भनिएको छ- गृह मन्त्रालयको मिति २०७८/७/३० गतेको पत्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको २०७८/७/२६ र जिल्ला प्रशासन कार्यालय चितवनको २०७९/६/१३ को पत्र अनुसार ढुवानी साधनमा मेसिनजडित घुम्ती सेवा रोक्न, नियन्त्रण गर्न निर्देशन जारी भएअनुसार महानगर भित्र अर्को सूचना जारी नभएसम्म सेवा दिन रोक लगाइएको छ ।
सूचनामा महानगरपालिकाबाट सिरक डसना निर्माण सम्बन्धी व्यवसाय दर्ता नगरेको वा एक पटक व्यवसाय दर्ता गरेकै आधारमा दर्ता भएको स्थान बाहेक घुम्ती सेवा दिन नपाइने उल्लेख छ । साथै जुन स्थानमा व्यवसाय सञ्चालनको अनुमति छ त्यही स्थानबाट मात्रै सेवा दिएको नपाइए कानून बमोजिम कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।नेपाल प्रेसबाट
फेसबुक प्रतिक्रियाहरु