Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • ब्रेकअपको हल्लाबीच सिसन बानियाँ लेख्छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो, पाना पल्टाउनुहोस्’
समाचार

ब्रेकअपको हल्लाबीच सिसन बानियाँ लेख्छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो, पाना पल्टाउनुहोस्’

चर्चित भ्लगर सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गरेका छन् । उनले आफ्नो जीवनको त्यो अध्याय अब समाप्त भइसकेको र पाना पल्टाउन पनि भनेका छन् । उनले इन्टाग्रामको स्टोरीमा यसबारे लेखेका छन् । उनले लेखेका छन्, ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ । यो असाध्यै साधारण कुरा हो ।’

सिसनको अघिल्लो सम्बन्ध तोडिएकोलाई धेरैले ठुलै विषय ठानेर उचालिरहेको र यसमा कसैलाई दोष दिइरहेको भन्दै उनले आपत्ति व्यक्त गरेका छन् । उनले भने, ‘यो कुरालाई उनीहरुले बिगारिरहेका छन् । मैले निकै राम्रो समय बिताएँ । त्यो मेरो आफ्नो करियरका लागि छुट्टीको समय जस्तो थियो । यसका धेरै मिठा सम्झना छन् ।’

विज्ञापन

उनले आफ्नो पछिल्लो सम्बन्धमा रहेको व्यक्तिप्रति कुनै रिस, घृणा नरहेको र जोसँग भए पनि सफलता, खुसी र मुख्यतः शान्तिको चाहना गर्ने पनि बताए ।

विज्ञापन

उनले यसअघि पनि आफू गहिरो सम्बन्धमा रहेको बताउँदै आफ्ना सबै पूर्व प्रेमिकाहरूप्रति सदैव माया र सम्मान रहिरहने बताए । उनले भने, ‘अहिले म जे छु, त्यो हुनमा उनीहरूको पनि भूमिका छ । सबैप्रति सम्मान छ ।’

उनले अन्तिममा लेखेका छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो । पाना पल्टाउनुहोस् ।’

स्मरण रहोस्, सिसन बानियाँ र पूर्व मिस नेपाल शृङ्खला खतिवडाको प्रेमबारे व्यापक चर्चा चलेको थियो । उनीहरूका भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्दथे । यद्यपि, यी दुईले आफ्नो सम्बन्धलाई कहिले पनि आधिकारिक रूपमा भने पुष्टि गरेनन् ।

पछिल्लो समय शृङ्खला अमेरिका गएपछि भने यी दुईको सम्बन्ध चिसिएको खबर निकै फैलिए । यो पोस्टमा सिसनले कसैको नाम नलिए पनि पूर्व सम्बन्धबारे कुरा गर्दा उनले शृङ्खलालाई नै इङ्गित गरेको धेरैले अनुमान गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस