सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • गणतन्त्र नमान्ने हो भने राप्रपासँग गठबन्धन गर्न गाह्रो हुन्छः एमाले सचिव
समाचार

गणतन्त्र नमान्ने हो भने राप्रपासँग गठबन्धन गर्न गाह्रो हुन्छः एमाले सचिव

काठमाडौं, २५ साउन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीलाई हराउन नसकिने ठानेर पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् ।

पत्रकारसँग कुरा गर्दै नेता रायमाझीले भने, “पाँच दलले नेकपा एमालेलाई एक्लै हराउन सकिँदैन भनेर गठबन्धन गरेका हुन् । आफ्नो अस्तित्व रक्षा र जसरी पनि चुनाव जितेर सत्तामा जानेबाहेक सोच उनीहरुको छैन । गठबन्धनको कक्टेल बनाएर उनीहरुले अस्तव्यस्त बनाएका छन् । कतै श्रीलंका त बन्दैन भन्नेतिर गएको छ ।समग्र राजनीतिक दल र राजनीतिप्रति वितृष्णा हुन थालेको छ । अब गठबन्धनले जित्ने हो मुलुक २० वर्ष पछि पर्छ ।”

विज्ञापन

रायमाझीले आगामी निर्वाचनमा कुनै पनि दलसँग राष्ट्रिय स्तरमा सहकार्यको सम्भावना नरहेको पनि बताए । उनले थपे, “हामी विकास र समृद्धिको एजेन्डा लिएर जनतामा जान्छौं । तर कुनै पार्टीले वार्तामा बसौं भने बस्दिनँ भन्न मिल्दैन । एमालेको वैचारिक, राजनीतिक र समृद्धिको एजेन्डा मान्ने हो भने सहकार्य गर्न सकिन्छ ।” साथै उनले राप्रपाले गणतन्त्र नमान्ने हो भने गठबन्धन गर्न गाह्रो हुने पनि औंल्याए ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस