बुधबार, जेष्ठ ९, २०८१
  • होमपेज
  • समाचार
  • मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च, यस्तो छ विवरण
समाचार

मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च, यस्तो छ विवरण

काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन्। सोमबार उनले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन्।

उनले सार्वजनिक गरेको विवरणअनुसार स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको छ।

विज्ञापन

खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो। तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं। हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ।’

विज्ञापन

बालेनका अनुसार यसमध्ये मतगणनाको समयमा मात्रै एक लाख रूपैयाँभन्दा बढी खर्च भएको थियो।

मतगणना ढिलो भएर निर्वाचन प्रक्रिया लामो र बोझिलो हुनुका साथै उम्मेदवारका लागि महँगो भइरहेको बताउँदै उनले यसमा सबैको ध्यान जान जरूरी रहेको बताएका छन्।

‘भन्नै पर्ने कुरा छ- एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौं, त्यसलाई संसारको सबभन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन। त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पूरा गराउन हामी हर समय खटिरहनेछौं,’ उनले भनेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस