अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । दुबैले असारमा विवाह गर्न लागेका हुन् ।
विज्ञापन
दुबैले असारमा विवाह गर्ने तयारी गरेको नीता र हरिहरको प्रोडक्सनमा काम गर्दै आएका दिप्तप्रकाश अधिकारीले जानकारी दिए । हरिहर अधिकारीले असार २४ गते विवाह हुने बताए । उनले कुनै कारणले विवाहको मिति नसरेमा असार २४ गते हुने पुष्टि गरे ।
विज्ञापन
करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ‘ह्रस्व दीर्घ’मा भिलेनको भूमिका साउथ कलाकार प्रदीपसिंह रावत देखिँदैछन् । विवाहमा सहभागी हुन रावत पनि नेपाल आउने बताइएको छ । नीता र हरिहरले एक टेलिभिजन कार्यक्रममा समेत लामो समयदेखि सहकार्य गरिरहेका छन् । उक्त कार्यक्रमको निर्देशक नीता हुन् भने संचालक हरिहर रहेका छन् ।रातोपाटी
फेसबुक प्रतिक्रियाहरु