शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • मतदानपछि राजेश हमालले भने- ‘भविष्यवाणी त के गरौं, राजनीतिमा नआइएला भन्न सकिंदैन’
समाचार

मतदानपछि राजेश हमालले भने- ‘भविष्यवाणी त के गरौं, राजनीतिमा नआइएला भन्न सकिंदैन’

काठमाडौं । ‘काठमाडौं महानगरको मेयर बन्नुपर्छ कि क्या हो !’ अभिनेता राजेश हमालको यो अभिव्यक्तिले सानोतिनो तरंग मच्याएको थियो, सिनेवृत्तमा ।

पछि उनले यसलाई गम्भीरतापूर्वक नलिन र आफूले ठट्यौली गरेको स्पष्ट पारेका थिए ।

विज्ञापन

शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा उनले लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका छन् ।

विज्ञापन

बिहान मतदाताको लाममा लागेर उनले आफ्नो मत दिएका हुन् । मतदाताको लाममा उभिएका बेला सोधिएको प्रश्नमा उनले भने, ‘आगामी निर्वाचनमा तपाईंलाई कुनै भूमिकामा देख्न सकिएला, पाँच वर्षपछि ?’

जवाफमा उनी मुसुक्क हाँसे । अनि कूटनीतिक शैलीमा यसो भने, ‘भविष्यवाणी त म के गरौं ? तर सकिंदैन भन्न पनि सकिंदैन ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस