चितवन ।
भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेणु दाहालले सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्न आह्वान गरेकी छन् । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेकी माओवादी नेतृ दाहालले बिहान मतदान पश्चात पत्रकारसँग कुरा गर्दै आम भरतपुरवासीमा उत्साह देखेको बताएकी हुन् । ‘भयरहित वातवारणमा मतदान प्रक्रिया अगाडि बढ्ने विश्वास छ,’ उनले भनिन् ।
विज्ञापन
‘म उत्साहित छु, पहिलो कार्यकालको मूल्यांकन र भरतपुरको आगमी समृद्धिको खाका लागि पनि मेरो उम्मेदवारी हो । समग्र मूल्यांकन जनताले गर्नेछन् । सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्नुहोला,’ उनले भनेकी छन् । उनले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु