दैलेखको ठाटीकाँध गाउँपालिकाका सबै नेकपा (एकीकृत समाजवादी) नेता कार्यकर्ताले पार्टी छाडेका छन्। एकीकृत समाजवादी परित्याग गरी पार्टीको सिंगो गाउँपालिका कमिटी नेकपा (एमाले) मा प्रवेश गरेको एमालेले जनाएको छ।
एमाले ठाटिकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीको गाउँपालिका कमिटी एमालेमा समाहित भएको घोषणा गरेका हुन्।
विज्ञापन
ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यको लागि पार्टी एकताको विकल्प नभएको ठहर गर्दै समाजवादी पार्टीको गाउँपालिका कमिटी एमालेमा समाहित भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञापन
‘अब एकीकृत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निष्कृय रहने छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेबाट उम्मेदवारी दिएका उम्मेदवारहरूलाई विजयी गराउने सहमतीअनुसार एकीकृत पार्टी एमालेमा समाहित छ।’
एकीकृत समाजवादीबाट कुनै पनि उम्मेदवारले चुनाव जित्ने सम्भावना नहुँदा दुई दलबीच प्रतिस्पर्धा हुँदा तेस्रो दलले चुनाव जित्ने सम्भावन देखिएपछि एमालेमा समाहित भएको एकीकृत समाजवादीका एक नेताले बताए
फेसबुक प्रतिक्रियाहरु