पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले गठबन्धन सरकारको नाममा पाँच दल मिलेर देश लुटिरहेको टिप्पणी गरेका छन् । अदालतको परमादेशबाट गठबन्धनको सरकार बनेको झन्डै एक वर्षको अवधिमा देशमा कुन काम राम्रो भएको छ भनेर उनले प्रश्न गरेका हुन् ।
विज्ञापन
गृह जिल्ला रौतहटको बौधिमाई नगरपालिकामा एमाले क्षेत्रीय कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सता साझेदार पार्टी अलगअलग भनिएपनी सबैको उद्देश्य देशलाई लुट्ने रहेको बताए । मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादी सहभागी भएर वर्षको ४० अरब रुपैयाँको कागजी विकास मात्र गरेको उनको आरोप छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु