बुधबार, भदौ १०, २०८२
  • होमपेज
  • समाचार
  • ३० वर्षसम्म नदेखेको विपीको शालिक सुवेदीले अहिले कसरी देखे ? : रेनु दाहाल
समाचार

३० वर्षसम्म नदेखेको विपीको शालिक सुवेदीले अहिले कसरी देखे ? : रेनु दाहाल

 

चितवन ।

विज्ञापन

पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुरको मेयरपदका उम्मेद्वार रेनु दाहालले भरतपुरमा प्रतिगामी तत्वहरुको
नौटब्की सुरु भएको बताउनु भएको छ ।

विज्ञापन

 

सोमबार भरतपुर महानगरपालिका २४ मा आयोजना भएको ५दलीय संयुक्त गठबन्धको घरदैलो कार्यक्रमलाई
सम्बोधन गर्दै दाहालले त्यस्तो बताउनु भएको हो ।

 

उहाँले नेकपा एमाले तर्फका मेयरका प्रत्यासी विजयसुवेदीले बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेकोविषयमा टिप्पणी गर्दै त्यस्तो बताउनु भएको हो । ३० वर्षे
राजनीतिक जीवनका एक पटक पनि विपीको शालिक नदेखेकासुवेदीले शालिकमा माल्यार्पण गरेर मतदातालाई भ्रममा पार्न
नौटब्की गरेको उहाँको भनाई थियोे ।

पाँच दलीय गठबन्धन शान्ति, संविधान, सहमति र एकताकोपक्षधर हौं ।

उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, ।गिरीजाबुबाको थेगो हो यो । हामी हो विपीको अनुयायी हो,नेपाली काँग्रेसको भावनामाथि खेल्न नाटक गर्ने ?
पछिल्लो समय भरतपुरमा विभिन्न नाटक गरेर नेकपा एमालेबाटभ्रममात्र छर्ने काम भइरहेको आरोप दाहालको थियो ।

प्रत्यासीले ठाउँठाउँमा लम्पसार परेर ढोगेको विषयमाउहाँले आश्चर्य प्रकट गर्दै भन्नुभयो, ।ठाउँ ठाँउमाबुढा–पाकालाई गएर ढोग्नु लाई नौटब्की प्रर्दशन
नभनेर के भन्ने’ । यो नौटब्की होइन भनेर उहाँआफैले भन्न सक्ने अवस्था छैन् । अझ राजावादीको हलोबोकेर चुनावम लड्ने अनि मेयर निर्वाचित भए भने पार्टीको
राजनीति छाड्छु भन्ने उहाँको भनाईले कस्तो सन्देश देला

उहाँले प्रश्न गर्नुभयो । यो केवल जनतालाई भ्रम छर्नेप्रपञ्च भन्दा केही होइन भन्ने आम मतदाताले बुझ्न
जरुरी रहेको मेयर उम्मेद्वार दाहालको थियो ।

हामीलाई नक्कली कुरा गर्नु छैन, दाहालले भन्नुभयो,जनताको सेवक भएर काम गर्छौ, नक्कली व्यवहार देखाउदैनौ,जे बोल्छौ, त्यो गर्छौ । जनताको सेवक हुन पाउनु गर्वको
कुरा हो ।

प्रमुख पदका उम्मेद्वार दाहालले वितेको पाँच वर्षमामहानगरले गरेका मुख्यमुख्य उपलब्धीका विषयमा जानकारी दिँदै आगामी कार्यकालमा अझै अविस्मरणीय हुने गरि काम
गरेर देखाउने प्रतिवद्धता गर्नुभयो

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस